Logo

भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणका दोषीलाई पक्राउ गरी कारबाही गर्छौं : राई (भिडिओसहित)



इन्द्रजित राई

काठमाडौं, २६ माघ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार ईन्द्रजित राईले बलात्कारपछि हत्या भएको घट्नाका दोषीलाई सरकारले कानूनी कारबाही गरेरै छोड्ने स्पष्ट पारेका छन् । हिजो राति प्राईम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने–‘घट्नामा संलग्न दोषीहरुलाई कारबाही हुन्छ । कोही कोही घट्नामा दोषी पत्ता लगाउन समय लाग्छ । तर, अनुशन्धान भैरहेका छन् ।’

बलात्कारपछि हत्या भएको भनिएकी बैतडीको दोगडाकेदारको घटनाका दोषीलाई कानूनको दायरामा ल्याईने राईले विश्वास दिलाएका छन् । दोगडाकेदार गाउँपालिका–७ स्थित सनातन धर्म मावि खोचलेकमा कक्षा १२ मा अध्ययनरत १७ वर्षीय किशोरी भगिरथी भट्टको यही माघ २१ गते शङ्कास्पद अवस्थामा शव भेटिएको थियो । हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्