काठमाडौं, २६ माघ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले दोस्रो त्रैमाससम्मा ७ करोड २९ लाख १३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा गत वर्षको तुलनामा २८.७४ प्रतिशत नाफा कमाएको आइतबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
गत वर्ष कम्पनीले १२ करोड ६३ लाख ६१ हजार रुपैयाँ ब्याज आम्दानी गरेको यो आवको पुस मसान्तसम्ममा कम्पनीले १५ करोड ५४ लाख ३५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो वर्षको उक्त अवधिको तुलनामा २३ प्रतिशतले धेरै हो ।
कम्पनीले १२ करोड ८५ लाख २३ हजार रुपैयाँ जगेडा कोषमा सुरक्षित रोखेको छ । हाल २६ करोड ६५ लाख ९७ हजार रुपैयाँ कम्पनीको चुक्तापुँजी रहेको जनाएको छ ।
समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ५४ रुपैयाँ ७० पैसा र प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ २१ पैसा रहेको छ । पुस मसान्तसम्ममा संस्थाले ८ करोड ५५ लाख ५८ हजार रुपैयाँ संचालन नाफा आर्जन गरेको छ । यो मुनाफा अघिल्लो वर्षको तुलनामा ६.६६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष ८ करोड २ लाख ११ हजार रुपैयाँ संचालन आम्दानी गरेको थियो ।