Logo

नेपाल बैंकका अध्यक्षले सरकारको दबाबमा दिए राजिनामा



काठमाडौं, २६ माघ । नेपाल बैंकका संचालक समितिका अध्यक्ष बासुदेव अधिकारीले पदबाट राजीनामा दिएका छन् । बैंकले कोरोना कहरको समयमा धेरै लाभांश वितरण भएको भन्दै सरकारले लाभांश फिर्ता ल्याउन दवाव दिएपछि अध्यक्ष अधिकारीले राजीनामा दिएको जनाइएको छ ।

पुस २९ गते ६१ ऋौ वार्षिक साधारणसभाबाट ४ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको थियो । बैकले लाभांश वितरण सबैभन्दा पहिला नेपाल सरकारका प्रतिनिध समेत रहने संचालक समिति र पछि नेपाल राष्ट्र बैंकमा पेश गर्दछ ।

बैकमा नेपाल सरकारको शेयर ५१ प्रतिशत छ । अधिकारी नेपाल राष्ट्र बैंकबाट अवकास पाएपछि नेपाल बैंकको अध्यक्षमा नियुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस्