Logo

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओमा ४ गुना बढी आवेदन



काठमाडौं, २६ माघ । ग्रीनलाइफ हाइड्रोपावरले बिक्रिमा ल्याएको आइपीओमा माग भन्दा धेरै गुणा आवेदन परेको छ । बिक्रि तथा प्रबन्धक बिओके क्यापिटलको अनुसार आइतबारसम्ममा साढे ४ गुणा बढी आवेदन परेको थियो । १ करोड ४७ लाख ६८ हजार ५ सय ९० कित्ता शेयर खरिदको लागि आइतबारसम्म ८ लाख ९ हजार ५६३ जनाबाट आवेदन परेको थियो ।

माघ २३ गते हाइड्रोपावरले प्रतिशेयर १०० अंकित मुल्यका १८ लाख कित्ता र पुराना बिक्रि नभएका १६ लाख ८६ हजार ४ सय कित्ता शेयर गरेर जम्मा ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर निष्कासनमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीले प्रतिशेयरमा न्युनतम १० कित्तादेखि १ लाख कित्तासम्मको लागि आवेदन माग गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्