Logo

ग्लोबल आइएमई बैंकको नयाँ शाखा ढल्केबरमा विस्तार



काठमाडौं, २६ माघ । ग्लोबल आइएमई बैकले धनुषाको ढल्केबरमा नयाँ शाखा विस्तार गरेको छ । उक्त नयाँ शाखाको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

बैंकको हालसम्म २६८ शाखा, २४० एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजस्व स.कलन काउन्टर, २४५ शाखारहित बैकिङ्ग सेवामार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्