Logo

माघ २८ गतेको जनसभामा सहभागी हुन भट्टराईको अपिल (ब्यानरसहित)



काठमाडौं, २६ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले यही माघ २८ गते बुधबार काठमाडौंमा विशाल जनसभा गर्ने भएको छ । त्यसको लागि तयारी भैरहेको नेताहरुले जनाएका छन् । आजमात्रै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय संघर्ष समितिका नेता योगेश कुमार भट्टराईले जनसभामा सहभागी हुन अपिल गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले यस्तो अपिल गरेका हुन् । यसअघि दाहाल–नेपाल समूहले माघ २२ गते देशव्यापी आम हड्ताल गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दाहाल–नेपाल समूह उक्त कदम असंवैधानिक भन्दै सडक संघर्षमा उत्रिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot