काठमाडौं, २६ माघ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले फागुन २१ गते ८ औं साधारणसभा बोलाएको छ । बिहान ११ बजे बोलाएको सभाले शेयरधनीलाई ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
संचालक समितिको बैठकले २५ प्रतिशत बोनस र ६.५८ प्रतिशत कर समेत गरेर जम्मा ३१.५८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो ।
लघुवित्तले २१ गते हुने सभाको लागि फागुन ५ गते बुक क्लोज गर्ने भएको छ । फागुन ४ गतेसम्म कायम भएका शेयरधनीहरुले संस्थाको प्रस्तावित लाभांश प्राप्त गर्ने र सभामा उपस्थित हुन पाउनेछन् । ५० करोड ४ लाख रुपैयाँ हाल संस्थाको चुक्तापुँजी रहेको छ । प्रस्तावित गरेको कम्पनीको बोनसपछि सस्थाको चुक्तापुँजी ६२ करोड ५५ लाख रुपैयाँ पुग्ने जनाएको छ ।