Logo

माघ ९ गतेबाट खुल्ला भएको सानिमा लार्ज क्याप फण्ड बाँडफाँट



काठमाडौं, २६ माघ । सानिमा लार्ज क्याप फण्डको १० करोड कित्ताको लागि माघ ९ गतेदेखि १५ गतेसम्म निष्कासन तथा बिक्रि खुला गरेको थियो । माग गरेभन्दा धेरै कित्ता खरिदका लागि आवेदन परेको थियो ।

२० प्रतिशत थप गरी हुन आएको १० रुपैयाँ अंकितदरको १२ करोड कित्ताहरु मध्ये पुँजीको १६.१६ प्रतिशत अर्थात १ करोड ९३ लाख ८८ हजार ९ सय ४० कित्ता कोष प्रवन्धक सानिमा बैंक लिमिटेड तथा योजना क्यापिटल लिमिटेडलाई बाँडफाट भई बाकी भएको १ करोड ६ लाख ११ हजार ६० लाख कित्ताहरु रितपुर्वक आवेदन दिने आवेदकलाई शुक्रबार बाँडफाँट गरेको छ ।



प्रतिक्रिया दिनुहोस्