Logo

११ एयरलाइन्सलाई बक्यौता बुझाउन नागरिक उड्ययन प्राधिकरणको आग्रह



काठमाडौं, २६ माघ । ११ एयरलाइन्सहरुको बाकी रहेको बक्यौत रकम बुझाउन नेपाल नागरिक उड्ययन प्राधिकरणले आग्रह गरेको छ । आज एक सुचना प्रकाशित गर्दै बाकी रहेको ११ एयरलाइन्सलाई बक्यौत रकम बुझाउन आग्रह गरेको हो ।

सुचनामा पुःन ३० दिनको अल्टिमेटम दिएर एयरलाइन्सलाई बक्यौता बुझाउन भनिएको छ । प्राधिकरणले तोकिएको मितिभित्र रकम नबुझाएमा सम्बन्धित कम्पनी र संचालकलाई कालोसुचीमा राख्ने स्पष्ट पारिएको छ । सुचनामा रकम नबुझाएमा संचालक, एकाघरका परिवार एवं जमान बस्नेहरुको जायजेथाबाट बक्यौता उपर गर्ने पनि उल्लेख गरिएको छ ।

नेकोन नेपाल, शिवानी एयर, अल्पाइन एयर, गोरखा एयर, कर्णाली एयर, माउन्टेन एयर, कस्मिक एयर, सांग्रिला एयर, स्काईलाइन एयरवेज, एयर काष्ठमण्डप र नेपाल एयरवेजले प्राधिकरणलाई बक्यौता तिर्न बाकी रहेको सुचनामा उल्लेख गरिएको छ । नेकोन एयरमा नौ जना संचालक रहेका छन् । सो एयरलाइन्सले ४ करोड ७० लाख ६० हजार ७५५ रुपैयाँ प्राधिकरणलाई तिर्न बाकी रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्