भगवान श्रीकृष्णको कथा धेरैलाई थाहा छ । उनी रणनीतिकारका रुपमा पनि मानिन्छन् । महाभारतका मुख्य पात्र नै उनी हुन् । आज हामी कृष्णको ५ सत्य कुराको बारेमा जानकारी दिनेछौ ।
महाभारतमा कृष्णले आफ्नो वचन तोडेका थिएः महाभारतमा दुर्योधनले पाँच पाण्डव मध्ये कोही पनि नमेरेको भन्दै भीष्मसँग रिसाएका थिए । भीष्मले पाँच पांडवलाई मारेर द्रौपदीलाई विधवा बनाउने दुर्योधनलाई वचन दिएका थिए । यो कुरा कृष्णले थाहा पाएपछि मरो वचन तोड्दै अर्जुनलाई बचाउनको लागि कृष्णले नै पहिला रथ उठाएका थिए ।
श्रापको कारण कृष्णको निधनः महाभारतको लडाईमा गान्धारीका १ सय छोरा मारिएका थिए । कृष्ण गान्धारीको अगाडी पहिलोपटक पुग्दा गान्धारीले ३६ वर्ष कृष्णको नाश हुने र यदुवंशीको समेत नाश होस् भन्दै श्राप दिएकी थिइन् । पछि त्यसरी नै यदुवंशीहरु आफुहरुबीच लडाई गर्न थाले र नाश हुँदै गए । ३६ वर्षपछि कृष्ण समाधिमा भएको समयमा एक सिकारी जाराले कृष्णको खुट्टामा जनावर सम्झेर तीर चलाए ।
कृष्णका १६ हजार १ सय ८ गोपिनीः कृष्णका १६ हजार १ सय ८ गोपिनी थिए । ८० जना सन्तान थिए । तर वास्तवमा रुक्मणी, सत्यभामा, जंबावन्ती, नाग्नजीति, कालिन्दी, मित्रवृन्दा, भद्रा, र लक्ष्मणा मात्र कृष्णका रानि थिए । प्रत्येक रानिका १० जना सन्तान थिए ।
१६,१०० महिलालाइृ कृष्णले एक राक्षस नरकासुरबाट छुटाएका थिए र आ–आफ्नो घर पठाएका थिए । कुनै महिलालाई पनि घरपरिवारले नअपनाएपछि कृष्णले विवाह गरेका थिए । तर कसैसँग पनि शारीरिक सम्बन्ध बनाएनन् ।
कृष्ण आफ्नै सेनाको विरुद्धमा गएका थिएः महाभारत युद्ध हुनुभन्दा पहिला दुर्योधन र अर्जुन दुवैजना कृष्णकोमा सहयोग माग्न गएका थिए । पहिला दुर्योधन पुगेपनि कृष्णले आँखा खोल्दा अर्जुनलाई देखेको बताए । उक्त समयमा कृष्णले आफ्नो नारायणी सेना दुर्योधनलाई दिए र आफुले पांडवलाई साथ दिए ।
कृष्ण र राधाबीच नाताः राधा–कृष्ण पनि सँगै रहन्थे र उनीहरुको बीच एक सम्बन्ध थियो । धार्मिक ग्रन्थको आधारमा