काठमाडौंं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली अहिले केहीबेरमा निर्वाचन आयोग पुग्ने कार्यक्रम छ । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार प्रधानमन्त्री ओली अहिले ११ बजेपछि आयोगको कार्यालय पुग्ने निधो भएको छ । प्रधानमन्त्री आयोगमा जानुको कारण निर्वाचनसम्बन्धी के/कति तयारी भएको छ ? भन्ने विषयमा जानकारी लिनु नै मुख्य रहेको बुझिएको छ ।
प्रधानमन्त्री ओलीले गत पुष ५ गते प्रतनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र वैशाख २७ गते निर्वाचनको मिति घोषणा गरेका छन् । तर, प्रधानमन्त्री ओलीको उक्त कदमको अहिले चौतर्फी विरोध भैरहेको छ । नेकपा दाहाल–नेपाल समूहले पनि आन्दोलन गरिराखेको छ । यो मुद्दा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलाशमा बहसको क्रममा छ । File Photo/ReportersNepal