काठमाडौं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगमा पुगेका छन् । ओली भर्खरै कान्तिपथस्थित् आयोगको कार्यालयमा पुगेका हुन् । यसअघि नेकपा ओली समूहका नेताहरु विष्णुप्रसाद पौडेल, सुवास नेम्वाङलगायतका नेताहरु आयोगमा पुगिसकेका थिए । आगामी बैशाख १७ र २७ गतेका लागि घोषित निर्वाचनको तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री ओली आयोग पुगेको बताईएको छ । File Photo/ReportersNepal