Logo

मधेशमा माहोल तताउन ओली सक्रिय



काठमाडौं, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा विघटनपछि शक्ति प्रदर्शनमा सक्रिय भएका छन् । उनको समूहले राजधानीलगायत प्रमुख शहरहरुमा शक्ति प्रदर्शन गर्दै आएको छ । गत शुक्रबार ओलीले राजधानीमा शक्ति प्रदर्शन गरेका थिए ।

ओलीले काठमाडौं, धनगढी, चितवनलगायतका क्षेत्रमा सभा तथा कार्यक्रम गरिसकेका छन् । अब उनले प्रदेश २ सहित तराई मधेश केन्द्रित शक्ति प्रदर्शन गर्न लागेका हुन् ।

मधेशमा शक्ति प्रदर्शनका लागि ओली समूहका प्रभु शाह सक्रिय भएका छन् । सत्यनारायण मण्डल पनि सक्रिय भएका छन् । मण्डलले शुक्रबारको सभामा समेत बोलेका थिए ।

प्रधानमन्त्री ओलीले मधेशबाट प्रतिनिधित्व गर्ने नेकपाको आफ्नो समूहका नेताहरु सत्यनारायण मण्डल, रघुवीर महासेठलगायतले सोमबार बालुवाटार बोलाएर छलफल गरेका छन् । उनले मधेशमा आफ्नो समूहको संगठन बलियो बनाउनेबारे छलफल गरेका हुन् ।

ओलीले मधेशमा संगठन मजबुत बनाउन निर्देशन दिएको बुझिएको छ । उनले आजै २ नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने आफ्नो पक्षका केन्द्रीय सदस्यसहित प्रभावशाली नेताहरुसँग छलफल गर्दैछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot