सप्तरी, २७ माघ । जबरजस्ती करणी मुद्दाका प्रतिवादी ६ महिनापछि पक्राउ परेका छन् । २३ वर्षीया महिलालाई भाद्र २५ गते राती ११ः ३० बजे जबरजस्ती करणी गरेर फरार भएका चन्दन भन्ने चन्द्र नारायण सदालाई माघ २६ गते प्रहरीले पक्राउ गरेको हो ।
सम्मानित सप्तरी अदालतको आदेशले प्रतिवादीलाई पुर्पक्षको लागी कारागार चलान गरेको सप्तरी प्रहरीले जनाएको छ ।