Logo

२ अर्ब बराबरको बचतपत्र बिक्रि गर्दै राष्ट्र बैंक, नेपाली नागरिकले मात्र खरिद गर्न पाउने



काठमाडौं, २७ माघ । नेपाल राष्ट्र बैंकले आजबाट नगद बचतपत्र २०८२ ‘क’ निष्कासन गरेको छ । मंगलबारबाट लागु हुनेगरी वार्षिक ९ प्रतिशत ब्याजदरमा २ अर्ब रुपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८२’ राष्ट्र बैंकले बिक्रिमा ल्याएको हो । उक्त बचतपत्रमा नेपाली नागरिकले मात्र खरिद गर्न सक्ने सुचनामा उल्लेख गरीएको छ ।

घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा खरिद गर्न पाउने बैंकले सीमा तोकेको छ । बैंकले फागुन २५ गतेदेखि ५ वर्षका लागि निष्कासन गरेको नागरिक बचतपत्र २०८२ मा ६/६ महिनामा ब्याज भुक्तानी हुने जनाएको छ ।

उक्त बचतपत्रमा आजबाट फागुन १८ गतेसम्म इच्छुक नेपाली नागरिकहरुले बचतपत्र खरिद गर्नको लागि आवेदन दिन सकिनेछ । आवेदन फाराम बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्थाहरु र राष्ट्र बैकका प्रदेशमा रहेका कार्यालयबाट निशुल्क लिन र बुझाउन सकने बैकले व्यवस्था गरेको छ । त्यसको साथै फाराम केन्द्रिय बैंकको वेबसाइटबाट डाउनलोड गर्न पनि सकिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्