Logo

हातहतियार सहित २ जना पक्राउ



काठमडौं, २७ माघ । विभिन्न हातहतियार सहित दुईजना पक्राउ परेका छन् । रोल्पा धाङसीखोलाबाट सोही ठाउँस्थित चिउरीडाँडा बस्ने २५ वर्षीय प्रकाश बुढा र ३९ वर्षीय नर बहादुर घर्ति मगरलाई २ थान भरुवा बन्दुक, फलामका टुक्रा, बारुद र १ थान खुकुरी सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पा र नेपाली सेनाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा उनीहरूलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot