काठमाडौं, २७ माघ । काठमाडौं क्षेत्र नम्बर १ ( क ) का प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठले जनप्रतिनिधिको रुपमा उदारणीय काम गरेका छन् । सांसदहरू ठेक्कापट्टा र अन्य व्यक्तिगत लाभमा लागेको आरोप लागिरहँदा श्रेष्ठले भने आफ्नो क्षेत्रमा फरक तरिकाले काम गरिरहेका छन् । पूर्वमन्त्री गगन थापा २०५१ सालमा त्रिचन्द्र कलेजको स्ववियू सदस्य हुँदा शंकरदेव क्याम्पसको स्ववियू सहसचिव भएका श्रेष्ठ राजनीतिक यात्रामा भने थापा भन्दा पछाडि परेका थिए । तर नयाँ संविधान अनुसार स्थापित प्रदेशमा चुनाव लडेर फेरि राजनीतिमा सक्रिय रूपमा खटिएका छन् ।
सार्वजनिक जग्गा संरक्षणमासमेत सांसद श्रेष्ठले भूमाफियासँग कुनै सम्झौतानगरी राष्ट्रहितमा उभिएका छन् । काठमाडौंको बुद्धनगरमा रहेको सार्वजनिक जग्गाबाट भूमाफियालाई हटाएर संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेलका श्रेष्ठले अनामनगरमा अक्सिडेन्टल कलेजलगायतले अतिक्रमण गरेको जग्गा फिर्ता गराउने अभियानमा लागेका छन् ।
https://m.facebook.com/story.php?story_fbid=1245500592518593&id=100011759914898
अन्य सांसदले सांसद विकास कोषको पैसा आफ्नै स्वार्थमा ठेक्कामा लगाइरहेको अवस्थामा श्रेष्ठले भने समूदयमार्फत परिचालन गरेका छन् । आफूले दिएको रकम कसैले हिनामिना गरेको फेला परे आफै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उपस्थित भएर कारबाहीको दायरामा ल्याउने उनको भनाई छ ।
स्थानीय निकायले गर्नुपर्ने काममा पनि जनतालाई समस्या पर्दा श्रेष्ठ आफै सक्रिय भएर सेवा गर्दै आएका छन् । उनले आफू जनताको सेवक भएको बताउदै जस्तोसुकै समस्या पर्दा सहयोग गर्नु आफ्नो कर्तव्य भएको बताउँछन् ।
आफूले दिएको बजेटमा एक रुपैयाँ हिनामिना भएको रहेछ भने त्यसको जिम्मेवारी आफू लिन तयार रहेको बताउँदै श्रेष्ठले आफ्नो क्षेत्रको विकास र सुविधाका लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउँछन् । बाटो र खोलाको सरसफाई देखि खानेपानी व्यवस्थापनसम्म श्रेष्ठले अग्रणी भूमिका खेलिरहेका छन् । उनले आफूले पाएको बजेट पारदर्शी ढंगले खर्च होस् र सबै जनताले जानकारी पाउन भनेर सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका छन् ।
कालिकास्थानको नवीनकला मन्दिर देखि जेष्ठ नागरिक भवन र सार्वजनिक शौचालयमासमेत उनले विकास कोषको रकम दिएका छन् । कतिपय ठाउँमा पूर्व प्रतिनिधिसभा सदस्य प्रकाशमानसिंहसँग मिलेर पूर्वाधार निर्माणमा संयुक्त सहयोग गरेका छन् । आफ्नो क्षेत्रका जनतालाई कौशी खेतीमा लाग्न उनले सहयोग गरिरहेका छन् ।