Logo

ग्रीनलाइफ हाइड्रोपावरको आईपीओमा आजसम्म आवेदन दिन सकिने



काठमाडौं, २७ माघ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले निष्कासन तथा बिक्रि खुल्ला गरेको आईपीओमा आवेदन आजसम्म दिन पाइन्छ । निष्कासन तथा बिक्रि प्रबन्धक बिओके क्यापिटल लिमिटेडको अनुसार माघ २३ गते सर्वसाधारणको लागि खुल्ला भएको आईपीओमा हिजोसम्ममा माग भन्दा ६ गुणा धेरै आवेदन परेको हो ।

१ करोड ४७ लाख ६८ हजार ५ सय ९० कित्ता शेयर खरिदको लागि आइतबारसम्म ८ लाख ९ हजार ५६३ जनाबाट आवेदन परेको थियो । हाइड्रोपावरले प्रतिशेयर १०० अंकित मुल्यका १८ लाख कित्ता र पुराना बिक्रि नभएका १६ लाख ८६ हजार ४ सय कित्ता शेयर गरेर जम्मा ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर निष्कासनमा ल्याएको कम्पनीले जनाएको छ । कम्पनीले प्रतिशेयरमा न्युनतम १० कित्तादेखि १ लाख कित्तासम्मको लागि आवेदन माग गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्