शनिको लागि प्राय नीलम लगाउने सल्लाह पाइन्छ । तर नीलम लगाउनभन्दा पहिले कसले यो रत्न लगाउने वा कसले नलगाउने थाहा पाउनु पर्छ । नबुझि लगाउँदा यसले नोक्सान पुर्याउँछ । नीलम जस्तै लाजवर्त रत्न पनि हुन्छ । कोही मानिसहरु यसमा झुक्किन पनि सक्छन् । नीलमको २ उपरत्न पनि छन् । लीलिया र जमुनिया ।
नीलमः नीलम आकासमा भेटिन्छ र आकाशमा नै हराउन पनि सक्छ । यसैले कुण्डली हेरेर मात्र नीलम लगाउनु पर्छ । यसले व्यत्तिःमा दुरदृष्टि, कार्यकुशलता र ज्ञान पनि बढाइदिन्छ । यसले चाडैनै व्यक्तिलाई प्रसिद्वि दिन्छ । तर यदि नीलम सुट नभएमा सुरुवातमै हात खुट्टामा दुखाई सुरु हुन्छ । बृद्धि विपरित हुँदै जान्छ, विस्तारै–विस्तारै संघर्ष बढ्न थाल्छ र व्यक्ति जिन्दगीमा आफैले खोजेको जालमा पर्छ र मर्छ ।
कसले नीलम लगाउने
-शनिको राशि कुम्भ र मकर राशि भएकाले नीलम लगाउनू पर्छ ।
-मकर र कुम्भ लग्न भएका व्यक्तिले पनि नीलम लगाउन सक्छन् ।
-जसको कुण्डलीमा शनि कमजोर छ, वक्री अस्त र शुभ भावमा बसेको छ, त्यसले नीलम लगाउनु पर्छ ।
-शनिको जन्माकं कुनै अन्इ शुभ ग्रह अर्थात शुभ भावबाट दृष्टि सम्बन्धमा नभएमा ज्योतिषको सल्लाहमा नीलम धारण गर्नुपर्छ ।
-जब शनिको महादशा, अन्तदर्शा, साढेसाती वा अढैयाको अवधि चलिरहेको अवस्थामा नीलम धारण गर्न सकिन्छ ।
-जन्माकंमा शनि, गुरुको नवपंचम योग तथा शनि ग्रहको अन्य कुनै ग्रह ठिक भएमा नीलम धारण गर्ने सोच बनाउनु पर्छ ।