काठमाडौं, २७ माघ । बैतडीमा बलात्कारपछि भागिरथी भट्ट हत्या प्रकरणबारे नेत्रविक्रम चन्द विप्लव बोलेका छन् । उनले आज प्रेव वक्तव्यमार्फत् घटनालाई निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणसँग जोडेका छन् ।
विप्लवले हत्या प्रकरणलाई निकै गम्भीर रुपमा लिएको जनाएका छन् । उनले घटनाको निन्दा गर्दै घटनाको तत्काल सत्य तथ्य छानविन गरी घटनामा संलग्नलाई कारबाही गर्न भनेका छन् । उनले भनेका छन्,‘घटनाप्रति नजरअन्दाज गर्न र विषयान्तर गर्न खोजेमा तयस्ता कार्यलाई कुनै पनि हालतमा स्वीकार गरिनेछैन ।’
भगिरथीको हत्या २१ माघमा भई भोलिपल्ट शव फेला परेको थियो । उनको बलात्कारपछि हत्या भएको पुष्टि भइसकेको छ । प्रहरीले दोषी अझै पत्ता लगाउन सकेको छैन ।