Logo

नेकपा प्रचण्ड–माधव समूहको आज काठमाडौंमा शक्तिप्रदर्शन



काठमाडौं, २८ माघ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह)ले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।

पाँच स्थानमा र्याली निकालेर विरोधसभामा परिणत हुने नेकपाले जानकारी दिएको छ । भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल र शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् ।र्याली पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट निस्किने छन् । मुख्य र्‍याली भने सुनधाराबाट सुरु हुनेछ ।यो सभामा दुई लाख कार्यकर्ता सहभागी गराउने प्रचण्ड–माधव समूहले दाबी गरेको छ ।

विरोधसभामा सहभागी गराउन विभिन्न जिल्लाबाट कार्यकर्ताहरुलाई काठमाडौंमा ओसारिएको छ । संसद् विघटनविरुद्ध तेस्रो चरणको आन्दोलन गरिरहेको यो समूहले आजको जनप्रदर्शन निर्णायक हुने दाबीसमेत गरेको छ ।

यसअघि यो समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौं जनप्रदर्शनसहित विरोधसभा गरेको थियो ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot