Logo

अप्राकृतिक मैथुन गरेको अभियोगमा युवा पक्राउ



नवलपरासी (पश्चिम), २८ माघ । अप्राकृतिक मैथुन गरेको अभियोगमा १९ वर्षका युवा पक्राउ परेका छन् । ८ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा सुस्ता गाउँपालिका–५ चन्द्रगंज बस्ने १९ वर्षीय दुर्गेश कोहारलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

दुर्गेशले सोही ठाउँस्थित खेतमा लागि बिस्कुटको प्रलोभनमा पारी अप्राकृतिक मैथुन गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेलटारी र प्रहरी चौकी रामनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot