काठमाडौं, २८ माघ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आरएमडिसी लघुवित्त वित्तीय संस्थाको १३ लाख कित्ता बोनस सुचिकृत गरेको छ । लघुवित्तले गत वर्षको मुनाफाबाट १३ लाख ४८ हजार ९८५.१४ कित्ता बोनस शेयर मंगलबार सुचीकृत गरेको हो ।
कम्पनीले शेयरधनीलाई चुक्तापुँजीको १५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । सो बोनस शेयर, शेयरधनीको डिम्यमट खातामा आइपछि दोस्रो बजारमा कारोबार गर्न सकिने कम्पनीले जनाएको छ ।