Logo

कर्णाली डेभलपमेन्ट बैंकको साधारण सभा फागुन २१ गते



काठमाडौं, २८ माघ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले संयुक्त वार्षिक साधारण सभा फागुन २१ गते बोलाएको छ । बैंकको वार्षिक साधारण सभा १५ औ र १६ औं वार्षिक साधारण सभा संयुक्तरुपमा नेपालगञ्जमा सुरु गर्ने भएको हो ।

सभाले संचालन समितिको अध्यक्षले पेश गरेको आर्थिक वर्ष ०७४/७५ र ०७५/०७६ को वार्षिक प्रतिवेदन, उक्त आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन, लेखा परिक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने र अनुमोदन गर्ने लगायतको एजेन्डाहरु छलफल गरेर पारित गर्ने भएको छ ।

सभा प्रयोजनार्थ बैंकले फागुन ५ गतेबाट २१ ग्तेसम्म् बुक क्लोज गर्ने भएको छ । फागुन ४ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीले मात्र सभामा सहभागी हुन पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्