Logo

नयाँ कुलमानहरुलाई नियुक्त गर्नुपर्छः जर्नादन शर्मा



काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-नेपाल समूहका प्रभावशाली नेता जर्नादन शर्मा प्रभाकरले नयाँ कुलमानहरुलाई नियुक्त गर्नुपर्ने बताएका छन् । उनले देशमा विकास र सुव्यवस्थाका लागि नयाँ कुलमानहरु जरुरी रहेको बताएका हुन् ।

‘देशमा नयाँ कुलमानहरुलाई नियुक्त गर्नुपर्छ,’ शर्माले नेकपा प्रचण्ड-नेपाल समूहले आज भृकुटीमण्डपमा आयोजना गरेको विरोध सभामा आज भने‘त्यसका लागि देशमा सक्षम राजनीतिक नेतृत्व चाहिन्छ ।’ नेपाल विद्युत प्राधिकरणमा सरकारको ठाडो निर्णयबाट हितेन्द्र देव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएकोतर्फ संकेत गर्दै शर्माले यस्तो बताएका हुन् ।

शर्माले देशमा जनविद्रोह हुनसक्ने बताए । जनविद्रोहले संघीयता र गणतन्त्रविरोधीलाई समाप्त पार्ने बताए । ओलीसँग असिमित अधिकार भएको उल्लेख गर्दै अहिलेको अवस्थामा आउन त्यस्तै धरातल बनाइएको तर्क गरे । उनले भने,‘ यस्तै ग्राउन्डमा गए फेरि केपी ओली जन्मिनेछन् ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot