Logo

जनआन्दोलनको आगो दन्कनेछः झलनाथ खनाल



काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जनआन्दोलनको आगो दन्कने बताएका छन् । आज भृकुटीमण्डपमा आयोजित नेकपाको प्रचण्ड नेपाल समूहको विरोध सभामा बोल्दै उनले प्रतिक्रान्तिविरुद्ध अर्को क्रान्ति गर्ने बताए ।

‘अब जनआन्दोलनको आगो दन्कनेछ,’खनालले भने,‘यो दुईवटा गुटको आन्दोलन होइन, प्रतिक्रान्तिविरुद्धको अर्को क्रान्ति हो ।’ खनालले  ओली राजनीतिक र सैद्धान्तिक रुपमा पराजित भइसकेको तर्क गरे ।

ओली राजनीतिक रुपले पराजित भइसकेकाले पशुपतिनाथको शरणमा पुगेको बताए । उनले भने,ओली राजनीतिक रुपले पराजित भइसके । पशुपतिनाथमा गएर संकल्प पूजा गर्ने अवस्थामा पुगिसके ।’ ओलीले विज्ञान र माक्र्सवादमा विश्वास गर्न छाडेको बताए । अब पशुपतिनाथमा मात्र विश्वास गरिरहेको बताए ।

निर्वाचन आयोगलाई नेकपाको आधिकारिताबारे छिटो छिनोफानो गर्न आग्रह गरे । ढिलो गर्दा अप्ठ्यारो आउनसक्ने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot