Logo

‘लद्दाख क्षेत्रमा चीन भन्दा बढी भारत आक्रामक’



एजेन्सी, २८ माघ । मे २०२० देखि चलिरहेको चीन र भारतबीचको सीमा विवाद नयाँ मोड तर्फ उन्मुख भएको छ । विवादीत क्षेत्रमा चीन आक्रामक ढंगले पेश भइरहेको भारत र भारतीय सञ्चार माध्यमले निरन्तर भनिरहेको छ ।

तर, आइतबार भारतका उच्च स्तरका नेता तथा मन्त्रीले आफ्नै मुलुक उक्त क्षेत्रमा चीन भन्दा बढी आक्रामक देखिएको जनाएका थिए । भारतीय नेताको संकेतलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ,‘भारत उक्त क्षेत्रमा चीन भन्दा बढी आक्रमक ढंगले पेश भएको छ । तर, उक्त विषयमा भारतीय सरकारले केही भन्न सकेको छैन् ।’ भारतीय सञ्चार माध्यम ‘हिन्दु’मा भारतीय नेता भी के सिंहले कोट गरेको विषयलाई ग्लोबल टाइम्सले उदृत गर्दै लेखेको छ,‘ म तापाईहरुलाई विस्वस्त गराउन चाहन्छु कि चीनले उक्त क्षेत्रमा १० पटक आक्रमक देखिएको थियो भने भारत ५० पटक भन्दा बढी आक्रामक देखिएको थियो ।

सीमा क्षेत्रमा चीनले आफ्नो गतिविधि विस्तार गरिरहेको निरन्तर आरोप लागिरहेको छ ।’ सिंहको बयानले भारतलाई मात्र नभई अमेरिकी र पश्चिमी नितिलाई थप्पड हानेको ग्लोबल टाइम्सले लेखेको छ । केही दिन अगाडी अमेरिकी सुरक्षा परिषद्का प्रवक्ता इमेली होर्ने र चिनियाँ विदेश मन्त्री वाङ यीबीच भएको फोनवार्तामा वाशिङटनले चीनको छिमेकी सितको सीमा विवादलाई अमेरिकी नयाँ नेतृत्वले नजिकबाट नियालिरहेको उल्लेख छ । तर, सीमा विवादको विषयमा कुन मुलुक आक्रामक ढंगले पेश भएको सिंहले पुष्टि गरिसकेको ग्लोबल टाइम्सले लेखेको छ ।

सन् २०२० देखि जारी सीमा विवादमा एसियाका दुई ठूला राष्ट्रहरु आफ्नै पक्ष सही रहेको दाबी गरिरहेको छ । तर, सीमा विवादलाई लिएर भारतले द्विपक्षीय सम्झौता र सम–समायिक विषयको उलंघन गरेको र भारतीय सेनाले विवादको सुरुवात गरेको भनिएको छ । उक्त विषयमा आफ्नो बयानलाई परिवर्तन गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भनेको विषयलाई ग्लोबल टाइम्सले उदृत गर्दै लेखेको छ,‘ हाम्रो सीमावर्ती क्षेत्रलाई कसैले अतिक्रमण गरेको छैन् ।

हाम्रो कुनै पनि शैनिक पोष्टलाई अतिक्रमण गरेको छैन् । अथार्त उक्त विषयमा भारतले उक्साएको र एकपक्षीय ढंगले सीमा स्थितीलाई परिवर्तन गरेको भनिएको छ । उक्त विषयमा यथार्थ थाहा नपाइकन भारतीय नेता र सञ्चारमाध्यमले नकारात्मक ढंगले प्रस्तुत गरिरहेको समेत लेखेको छ । दूई छिमेकीको सीमा विवादमा पश्चिमी मुलुकले समेत आफ्नो बर्चस्व देखाएको र भारतलाई समेत आफ्नो दबाबमा राखेर आक्रामक कदम चाल्न लगाएकोमा चीनको घोर आपत्ती रहेको उल्लेख छ । भारतमा अनियन्त्रित तरिकाले फैलिएको कोरोना भाइरसको साथै किसान आन्दोलनको समस्यालाई समाधान गर्न भारत त्यस तर्फ उन्मुख हुनुपर्नेमा चीनको जोड रहेको जनाइएको छ ।

विगतमा इन्डो– प्यासिफिक राणनिति अन्तरगत अमेरिकाको प्रभावमा भारत आक्रमक भएको समेत चिनियाँ पक्षको आरोप रहेको जनाइएको छ । तर, आफ्नो भु–भागको विषयमा चीन कुनै पनि हालतमा पछि नहट्ने समेत चिनियाँ पक्षको दाबी रहेको जनाइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot