Logo

कोरोना चीनको प्रयोगशालाबाट फैलिएको देखिएन



एजेन्सी, २८ माघ । विश्व स्वास्थ्य संगठनका एक विज्ञले कोरोना भाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट फैलिएको नदेखिएको जनाएका छन् । कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न चीनको वुहान पुगेका डब्लूएचओका खाद्य सुरक्षा तथा जीवसम्बन्धी रोगविज्ञ पिटर बेन एम्बरेकले भ्रमण सक्नुअघि उक्त जानकारी दिएका हुन् ।

‘हाम्रो प्रारम्भिक अध्ययनको नतिजाले त्यस्तो भएको देखाएन । यसबारे थप अध्ययन र ठोस र लक्षित अनुसन्धान गर्नुपर्ने देखिएको छ,’ एम्बरेकले भने । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस सन् २०१९ को डिसेम्बरबाट चीनको वुहानबाट फैलिएको ठानिएको छ ।

तर, कतिपय देशका नेताहरूले कोरोनाको भाइरस चीनका प्रयोगशालाबाट चुहावट भएको दाबी गरेका थिए । वुहानको माछा बजारमा पहिलोपटक भाइरसको संक्रमण देखिएको जनाएको चीनले उक्त आरोपको बारम्बार खण्डन गर्दै आएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot