काठमाडौं, २८ माघ । बि एण्ड बि अस्पतालमा एनएमबि बैंकले एटिएम सेवा संचालन गरेको छ । विरामीको उपचारको लागि आउने ब्यक्ति तथा अस्पतालका कर्मचारीलाई सहज हुने उद्देश्यले एटिएम सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र अस्पतालको तर्फबाट डा. सरोज बैद्यले संयुक्त रुपमा सेवाको उद्घाटन गरेका थिए । बैंकको १८० शाखाहरु, १३६ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु रहेका छन् ।