Logo

साउथ चाइना सीमा अमेरिकी युद्धपोत सक्रिय



एजेन्सी, २८ माघ । साउथ चाइना सीमा अमेरिकी युद्वपोतको नियमित अभ्यासले सम्पूर्ण विश्वको ध्यान केन्द्रित गरेको छ । अमेरिकी नयाँ नेतृत्व चयन हुना साथ उक्त क्षेत्रमा अमेरिकाले आफ्नो नियमित अभ्यालाई निरन्तरता दिएको छ । तर, उक्त अभ्यास शैनिक भन्दा पनि अमेरिकाले सिम्बोलिक र राजनितिक अर्थ भनेको छ

यस विषयमा चिनियाँ तर्फको भनाईलाई उदृत गर्दै लेखेको छ,‘अमेरिकालाई चीनको शक्ति थाहा छ । र, चीनको एन्टि ब्यालेस्टिक मिशाइलको शक्तिलाई समेत अ‍ेमरिकाले नजिकबाट नियालेको छ ।’ अमेरिकाले आफ्नो थियोडोर रुजाभेल्टलाई मंलगबार साउथ चाइना सीमा अभ्यास गराएको थियो । अमेरिकी नेभीले उक्त युद्वपोतको नियमित अभ्यास सामान्य रहेको जनाएको छ ।

चिनियाँ विदेश मन्त्रीले नियमित पत्रकार सम्मेलनमार्फत चीनले आफ्नो सार्वभौमिकता र सुरक्षाको निम्ती अत्यावश्यक कदम चाल्न पछि नहट्ने र उक्त क्षेत्रमा आफ्नो छिमेकी संगको शान्ति र स्थिरता कायम गर्न प्रयास गरिरहेको ग्लोबल टाइम्सले लेखेको छ । अमेरिकी नयाँ नेतृत्वले चीनमाथि दबाब सिर्जना गर्न प्रयास गरिरहेको चिनियाँ विज्ञको दाबी रहेको छ ।

अमेरिका जतिसुकै प्रयास गरेपनि चीनलाई पछि पार्न नसक्ने समेत ग्लोबल टाइम्सले लेखेको छ । जूलाई २०२० मा अमेरिकाले उक्त क्षेत्रमा अभ्यास गरेको थियो । चीनको एयरक्राफ्ट किलरसित अमेरिका अवगत रहेको समेत जनाइएको छ । अमेरिकी नवनियुक्त राष्ट्रपतिले आफ्नो कार्यकाल सम्हाले लगतै एक अन्तरवार्तामा भनेको विषयलाई उदृत गर्दै ग्लोबल टाइम्सले लेखेको छ,‘दूइ्र्र देशबीच तत्काल कुनै पनि मुठभेद छैन् । तर, चीन सित हाम्रो अत्याधिक प्रतिस्पर्धा रहेको छ ।’ अमेरिकाले उक्त क्षेत्रमा सधै समस्या खडा गरेको चिनियाँ पक्षको दाबी छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot