Logo

ओलीले बनाएका दुई मन्त्री फर्कन लागेको प्रचण्डको दाबी, को हुन् ती दुई ?



काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुईजना मन्त्री फर्कन लागेको दाबी गरेका छन् । उनले आज भृकुटीमण्डपमा आयोजित नेकपाको प्रचण्ड-नेपाल समूहको विरोध सभामा बोल्दै आफ्नो समूहमा ठुलो संख्यामा नेता कार्यकर्ता फर्कने क्रम रहेको दाबी गरेका हुन् ।

‘हामी कहाँ फर्कनेको लामो लिष्ट छ,’ प्रचण्डले भने,‘उहाँले नै बनाएका दुईजना मन्त्री फर्कन मसँग वार्ता गरिरहेका छन् ।’

प्रधानमन्त्री ओलीसँग गृहमन्त्री रामबहादुर थापा बादल असन्तुष्ट भइरहेको विषय बाहिर आइरहँदा प्रचण्डको पछिल्लो भनाई आएको हो । ऊर्जामन्त्री टोपबहादुर रायमाझी पनि ओलीसँग असन्तुष्ट रहेको बुझिएको छ । दुवैजना विगतमा प्रचण्ड समूहका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot