काठमाडौं, २८ माघ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत जनकराज शर्माले सोमबार राजिनामा दिएका छन् । शर्मा अधिकृतको रुपमा बैंकमा ०७६ असारमा नियुक्त भएका थिए ।
जिम्मेवारी सम्हालेको १९ महिनामा नै उनले पदबाट राजिनामा दिएका हुन् । शर्माले संचालक समितिसँगको विवादको कारण राजिनामा दिएको जनाइएको छ । उनले राजिनामा गर्नुअघि एकदिन अगाडी मात्र नायब प्रमुख कार्यकारी अधिकृतमा आरती राणालाई बढुवा गरेका थिए ।
नविल बैंकबाट बैकिङ्ग करिअर सुरु गरेका शर्माले एनआईसी, लक्ष्मी र ग्लोबल आइएमई बैंकको माथिल्लो तहमा काम गरेका थिए ।