काठमाडौं, २८ माघ । सानिमा बैंकले काठमाडौंको टोखामा नयाँ शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको ग्रान्डि अस्पताल नजिकै शाखा कार्यालयको उद्घाटन कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गरेका हुन् ।
उद्घाटन गर्दै कलाकारद्वयले सानिमा बैकलाई बधाई दिदै सफलताको लागि शुभकामना दिएका थिए । त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले आफ्नो मन्तव्य राखेका थिए । सानिमा बैकका ७ प्रदेशमा ८६ वटा शाखा, १६ विस्तारित काउन्टर ९० एटिएम संचालनमा रहेका छन् ।