काठमाडौं, २८ माघ । सिटिजन्स बैंक इन्टरनेशनलले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने भएको छ । प्राप्ति गर्ने सम्बन्धमा आज दुई संस्थाबीच प्रारम्भिक पत्रमा हस्ताक्षर भएको हो ।
एक कार्यक्रममा बैंकको तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवल जंग पाण्डे र फइनान्सको तर्फबाट मर्जर तथा प्राप्तिका संयोजक सुवास आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंकले फाइनान्सलाई प्राप्तिपछि सर्वसाधारणबाट उठाएको निक्षेप १ खर्ब ३४ अर्ब रुपैयाँ हुनेछ । त्यस्तै ऋण लगानी १ खर्ब ११ अर्ब रुपैयाँ हुने जनाइएको छ । प्राप्तिपछि बैंकको शाखा १८८ पुग्नेछन् ।
हाल बैंकको ९ अर्ब ८१ करोड रुपैयाँ र फाइनान्सको ८४ करोड ७८ लाख रुपैयाँ चुक्तापुँजी रहेको छ । बैंकले १०९ वटा शाखा, ९८ एटिएम, १०७ शाखारहित बैंकिङ्ग ईकाईहरुबाट ग्राहकहरुलाई सेवा दिदै आएको छ ।