Logo

आज १ सय ३४ संक्रमित थप



काठमाडौं, २८ माघ । नेपालमा कोरोना भाइरसका आज १  सय ३४  जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ३ सय ४९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज १ सय १८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६८ हजार ५ सय ४९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्