Logo

भारतलाई प्रचण्डले भनेः दायाँबायाँ हुनेछैन भन्ने भरोसामा छौं



काठमाडौं, २८ माघ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लोकतन्त्रको हत्या भएकाले अन्तर्राष्ट्रिय समुदायसँग सहयोग र सद्भावको आग्रह गरे । उनले लोकतन्त्रका लागि आफूहरु आन्दोलनमा रहेको उल्लेख गर्दै सहयोगको आशा राखेको बताए ।

‘सँसारकै ठुलो लोकतन्त्र भनिएका छिमेकीलाई भन्न चाहन्छौं नेपालमा लोकतन्त्रको हत्या भइरहेकोले आन्दोलनमा सहयोग र सद्भाव हुनेछ,’ प्रचण्डले भृकुटीमण्डपमा आयोजित विरोध सभामा आज भने,‘दायाँबायाँ हुनेछैन भन्ने भरोसामा छौं ।’ सँसारभरका लोकतान्त्रिक मूल्य मान्यतालाई समर्थन गर्ने देशहरुमा नेपालको लोकतान्त्रिक आन्दोलनमा सहयोग हुने आशा व्यक्त गरे । प्रचण्डले विशेषगरी भारतर्फ संकेत गर्दै सहयोग र सद्भावको आग्रह गरे ।

पछिल्लो समय भारतले नेपालमा विकसित राजनीतिक घटनाक्रमलाई नोटिशमा राखेको मात्र बताएको छ । उसले यसलाई आन्तरिक मामला भनेको छ । नेकपाको ओली समूहलाई भारतको साथ रहेको चर्चा चलिरहँदा प्रचण्डको पछिल्लो भनाई बाहिर आएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot