Logo

ललितानिवास काण्डका मुख्य याेजनाकार शोभाकान्त ढकाललाई सदरखोर डिल्लीबजार पठाइयो



काठमाडौँ, २९ माघ। विशेष अदालतले ललितनिवासको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्तका रुपमा रहेका शोभाकान्त ढकाललाई थुनामा राखेर सुनुवाइ गर्ने भएको छ । उनलाइ सदरखोर डिल्लीबजार पठाइएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डयले बताए । ढकालकी श्रीमती उमाकुमारी ढकाललाई भने यस अघि नै धरौटीमा छाडेको थियाे ।

विशेष अदालतका न्यायाधीशहहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको प्रवक्ता पाण्डेयले जानकारी दिए । ढकाल विरुद्ध ३९ करोड विगो दावी गरिएको छ ।-गोर्खापत्रबाट



प्रतिक्रिया दिनुहोस्