Logo

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ



काठमाडौं, २९ माघ । विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई प्रहरीले पक्राउ परेको छ । बैदेशिक रोजगार कसूर मुद्दामा फरार प्रतिवादी पाल्पा बगनासकाली गाउँपालिका–७ बस्ने ५९ वर्षीया टिका कुमारी थापालाई मंगलबार पक्राउ परेका हुन् ।

सर्वोच्च अदालतको २०७७ मंसिर ११ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी थापालाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुरबाट पक्राउ गरेको जनाएको छ ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवलमा पठाएको उक्त व्यूरोले जानकारी दिएको छ ।

यसैगरी बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं बुढानिलकण्ठ नगरपालिका–७ बस्ने ४८ वर्षीया सुशिला श्रेष्ठलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७६ साउन १४ गतेको फैसलाले बैकिङ कसूर मुद्दामा ५ दिन कैद र ७ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेकी श्रेष्ठलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले शान्तिनगर काठमाडौंबाट पक्राउ गरेको हो । जिल्ला अदालत चितवनको आदेश बमोजिम उनलाई कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवलमा पठाइएको उक्त व्यूरोले बताएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot