Logo

लागूऔषधसहित पक्राउ



काठमाडौं, २९ माघ । अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । चन्द्रागिरी नगरपालिका–२ नागढुङगाबाट नियन्त्रित लागूऔषध ५ सय एम्पुल फेनारगन, ५ सय एम्पुल डाइजेपाम, ३ सय एम्पुल लुपिजेसिक र २ सय एम्पुल नुर्फिन सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा पर्सा परवामैनपुर गाउँपालिका–४ बस्ने २४ वर्षीय तवरेज आलम दर्जी र सोही ठाउँ बस्ने २६ वर्षीय कैस मिया रहेका छन् । नागढुङ्गास्थित चेक पोष्टमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौं आउँदै गरेको ना.८ ख ५३४५ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

साथै तवरेज आलम दर्जिको साथबाट प्रहरीले करिब ३ ग्राम अबैध लागूऔषध गाँजा र १ थान चिलिम समेत बरामद गरेको बताएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot