उदयपुर, २९ माघ । जबरजस्ती करणी गरेको अभियोगमा राईलाई प्रहरीले पक्राउ गरेको छ । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगाका २२ वर्षीय साईमन राई बुधबार दिउँसो पक्राउ परेका हुन् ।
साईमनले ती महिलालाई ललाई फकाई आफ्नै कोठामा लगी जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।-File Photo