Logo

मोटरसाइकल चोरीमा सम्लग्न पक्राउ



सुनसरी, २९ माघ । मोटरसाइकल चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । धरान को घोपा अस्पतालको कम्पाउण्डभित्र पार्किङ गरी राखेको को.३५ प १२८९ नम्बरको मोटरसाइकल चोरी गर्ने २ जना बुधबार दिउँसो पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा सुनसरी रामधुनी नगरपालिका–१ बस्ने १९ वर्षीय आकाश चौधरी र १९ वर्षीय अनिमेश चौधरी रहेका छन् । मोटरसाइकल चोरी गरी लैँजादै गरेको खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट घोपाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot