Logo

बैंक र बीमाका कर्मचारीलाई तेस्रो चरणमा कोभिड खोप लगाइदै



काठमाडौं, २९ माघ । सरकारले बैंक र बीमा कम्पनीहरुका कर्मचारीलाई तेस्रो चरणको कोभिड १९ खोप लगाउने भएको छ । सरकारले फागुन २ गतेबाट तेस्रो चरणको खोप लगाउन सुरु गर्ने तयारी गरेको जनाएको छ ।

धेरै भिडभाड हुने सरकारी कार्यालय जिल्ला प्रशाशन कार्यालय, मालपोत कार्यालय, पालिकाहरुका सबै कार्यालयहरुमा काम गर्ने कमर्चारी, बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुलाई खोप लगाउने तयारी गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा स्वास्थ्यका कर्मचारी, सरसफाई कर्मचारी र फ्रन्टलाइनमा खटिने व्यक्तिहरुलाई र दोस्रो चरणमा पत्रकार र संचारकर्मीलाई खोप दिइएको थियो ।



प्रतिक्रिया दिनुहोस्