Logo

सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन, झाँक्री कहिले छुट्लिन् ?



काठमाडौं, २९ माघ । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्री छुट्ने/नछुट्ने अन्यौल भएको छ । राज्यविरुद्धको कसूरमा आज पक्राऊ परेकी उनलाई हिरासतमै राखिएको छ ।

झाँक्री पक्राऊको घटनाविरुद्ध सर्वोच्च अदालतमा आज निवेदन दर्ता भएको छ । बन्दी प्रत्यक्षीकरणको निवेदन आजै दर्ता भएपनि आइतबारका लागि पेशी तोकिएको छ ।

भोलि र पर्सि सार्वजनिक बिदा भएकाले आइतबारका लागि पेशी तोकिएको हो । अब बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाई नभई प्रहरीले छाड्ने नछाड्ने टुंगो छैन । उनलाई पक्राऊ गरेपछि सर्वत्र चासो बढेको छ । सरकार निकै दबाबमा परेको छ । यसबारे गृहमन्त्रीले नेपाल प्रहरीका आइजीपी शैलेश थापा क्षेत्रीसँग पनि छलफल गरेका छन् । झाँक्री पक्राऊ पछिको सुरक्षा अवस्थाबारे उनले जानकारी लिएको बुझिएको छ ।

यसैगरी, झाँक्रीलाई आज पक्राऊ गर्नुमा केही दिन हिरासतमै राख्ने नियत देखिएको विश्लेषण समेत भएको छ । भोलि र पर्सि सार्वजनिक बिदा भएकाले अदालतले रिहाईको अन्तरिम आदेश अर्को हप्तायता गर्न नसक्ने निश्चित छ । उनलाई केही दिन हिरासतमै राख्ने नियत हुनसक्ने आशंका समेत गरिएको छ ।

झाँक्रीमाथि राज्यविरुद्धको कसूर दफा ५८ अन्र्तगतको अभियोग दर्ता छ । गोरखामा आयोजित विरोध कार्यक्रमा झाँक्रीले राष्ट्रपति भण्डारीलाई बडामहारानी भन्दै कडा रुपमा आलोचना गरेकी थिइन् । उनले भनेकी थिइन्,‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश निन चाहन्छु निर्वाचनको तयारीका लागि सुखसुविधा ऐस आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुहोस्, चाबहिल कि कता बानेश्वरतिर बसाईँ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ ।’

यसअघि रिपोर्टर्स नेपालले रामकुमारी झाँक्रीलाई काठमाडौं उपत्यका प्रवेश गरेलगत्तै पक्राऊको तयारी भएको खुलासा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot