Logo

एनआईसी एशिया बैंकले संस्थापक शेयर बिक्रि गर्दै



काठमाडौं, २९ माघ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा भएको ९२ हजार २६६ कित्ता शेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयर बिक्रिको लागि आज शिलबन्दी बोलपत्र आह्वान गरेको हो ।

उक्त सस्थापक शेयरका लागि लगानी गर्न इच्छुकले फागुन ७ गतेसम्म बोलपत्र पेश गर्न सकिने बैकले जनाएको छ । कानुन बमोजिम योग्य लगानीकर्ताले तोकिएको शर्त पुरा गरेर गोप्य शिलबन्दी बोलपत्रमा आवेदन पेश गर्न अनुरोध गरेको छ । शेयर खरिदको लापिग न्युनतम मुल्य ५८२ रुपैयाँ निर्धारण गरेको छ ।

बोलपत्रको आवेदनको फाराम एनआइसी एशिया क्यापिटल लिमिटेड, एनआईसी एशिया बैकको कर्पोरेट कार्यालय थापाथली र अन्य शाखा कार्यालयहरुबाट भर्न सकिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्