काठमाडौं, २९ माघ । माछापुच्छ्रे बैंक लिमिटेड र दुवईस्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेञ्जबीच व्यवसायिक सम्झौता भएको छ । बैंकले दुवईमा रहेको नेपालीहरुबीचमा आफ्नो सेवालाई विस्तार गर्दै लैजाने उद्देश्यले गरेको सम्झौतामा सरफ एक्सचेञ्जको तर्फबाट महाप्रबन्धक सुरेश कुमार र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौता पश्चात अव दुवईमा रहेका नेपालीहरुले दुवईस्थित सरफ एक्सचेन्जका सम्पूर्ण शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ्रे बैंकका देशभर रहेका सम्पूर्ण शाखा तथा ७ हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सजिल्यै भुक्तानी लिन सकिने बैंकले बताएको छ ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पूर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १५६ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२१ स्थानमा रहेका सेवा सञ्जाल तथा १९७ वटा एटीएमहरु तथा करिब २ हजार भन्दा बढि पिओएस मार्फत ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।