Logo

ब्राजिलमा ४० लाखले कोभिड–१९ विरुद्धको खोप दिइयो



एजेन्सी, ३० माघ। ब्राजिलमा बिहीबारसम्ममा ४० लाखभन्दा बढी ब्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

जनवरी १७ देखि खोप सुरू गरिएको यस दक्षिण अमेरिकी मुलुक विश्वकै अत्यधिक प्रभावित मुलुकमध्ये अग्र तेस्रो स्थानमा पर्दछ । सङ्क्रमणका हिसाबले ब्राजिल अमेरिका र भारतपछि पढि प्रभावित मुलुक हो भने मृत्यु सङ्ख्याका हिसाबले अमेरिकापछि अर्थात् दोस्रो बढी प्रभावित मुलुक हो ।

ब्रजिलमा अहिलेसम्म दुई लाख ३५ हजार कोभिड–१९ सङ्क्रमित को मृत्यु भइसकेको छ ।

ब्राजिलमा अझै पनि सङ्क्रमण दर उच्च रहेको छ । विगत २४ घण्टामा ब्राजिलमा ५९ हजार ६०२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यससँगै त्यहाँ कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ९६ लाख ५९ हजार १६७ पुगेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot