Logo

मन्त्री रायमाझीबाट स्पष्ट



काठमाडौँ, ३० माघ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू नेकपाको दाहाल–नेपाल समूहमा जाने लागेको भनी गरिएका टिप्पणीप्रति आपत्ति जनाएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले आज विज्ञप्ति जारी गरी मन्त्री रायमाझी प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दीर्घकालीन र दूरदर्शी लक्ष्यका पक्षमा रहनुभएको स्पष्ट गरिएको छ ।

विज्ञप्तिमा पदविना एकछिन पनि बस्न नसक्ने केही नेताहरुको गलत प्रचारको अलमलमा नगरी पार्टीलाई एकताबद्ध, जनमुखी र लोकप्रिय बनाउँदै विकास र समृद्धिमा केन्द्रित हुन आग्रह गरिएको छ ।-File photo



प्रतिक्रिया दिनुहोस्

Screenshot