Logo

प्रतिनिधिसभा विघटनविरुद्ध रिट अन्तिम किनारा नजिक पुग्दै, निवेदकहरुले आइतबार जवाफ दिने



काठमाडौं, ३० माघ। प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलाशमा सुनुवाई जारी छ । आइतबार रिट निवेदकहरुले रिट निवेदकहरुले जवाफ दिने भएका छन् ।

बिहिबार कानुन व्यवसायीहरुको बहस सकिएकाले आइतबारबाट रिट निवेदकहरुले जवाफ दिने प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबराले बताएका छन् ।

संबैधानिक इजलासमा बिहिबार प्रधानमन्त्री ओली पक्षका १० भन्दा बढी कानुन व्यवसायीले बहस गरेका थिए ।

सरकारी पक्षको बहस सकिएपछि अब आइतबारबाट रिट निवेदकहरुले सरकारी पक्षबाट उठेका प्रश्नको जवाफ दिने छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध १३ रिट परेका थिए । निवेदकहरुले जवाफ दिएपछि एमिकस क्युरीका पाँच जनाले आफ्नो राय प्रस्तुत गर्ने छन् । अब सर्वोच्च अदालतको संवैधानिक इजलाशले मुद्दाको अन्तिम किनारा लगाउन ेअपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्