Logo

विप्लव सार्वजनिक हुने खुलासा



काठमाडौं, ३० माघ । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सार्वजनिक हुने खुलासा भएको छ । विप्लव समूहसँग संयुक्त रणनैतिक मोर्चा बनाएका नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले यस्तो खुलासा गरेका हुन् । तर, कहिले सार्वजनिक हुने प्रष्ट पारेनन् ।

‘नेत्रविक्रम चन्द अब सार्वजनिक हुनुहुन्छ,’ ऋषि धमलासँग रेडियो एनआरएनसँग कुराकानी गर्दै कट्टेलले भने,‘हत्या हिंसा विप्लवको वाध्यता हो ।’

विप्लव शान्तिपूर्ण संघर्षमा आउन चाहेपनि सरकारले वातावरण नबनाएको बताए । उनले क्रान्तिको बाटो हतियार नभएको तर्क गरे । वैज्ञानिक समाजवादका लागि आफूहरुले संयुक्त रणनीतिक मोर्चा बनाएको उनको भनाई थियो ।

बिहिबार विप्लव, मोहन वैद्य किरण, ऋषिराम कट्टेल र आहुती नेतृत्वको चार कम्युनिस्ट घटकले संयुक्त रणनीतिक मोर्चा घोषणा गरेका थिए । उनीहरुले संघर्षका कार्यक्रम पनि ल्याएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot