काठमाडौं, ३० माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले अदालतलाई नधम्क्याउन चेतावनी दिएका छन् । उनले अदालतको फैसलालाई सबैले मान्नुपर्ने बताएका छन् ।
अदालतलाई धम्क्याउने गतिविधि ठिक होइन, ऋषि धमलासँग रेडियो एनआरएनसँग पूर्वमन्त्री समेत रहेका विश्वकर्माले भने,‘सर्वोच्चले न्यायसम्मत फैसला गर्ने भएकाले पर्खिनुपर्छ ।’ उनले अदालतलाई प्रभावित पार्न जुलुसको होडवाजी गर्नु ठिक नभएको तर्क गरे ।
काँग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र समेत रहेका विश्वकर्माले सर्वोच्च अदालतको फैसलापछि काँग्रेसले आवश्यक कदम चाल्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले देशमा अस्थिरता बढाएको बताए ।
काँग्रेसले देशलाई सही दिशामा लाने बताए । देशमा काँग्रेसका सामु महत्वपूर्ण जिम्मेवारी आएकाले आवेशमा नभई जिम्मेवार भएर अगाडि बढ्ने बताए ।